दफा
बैंकको काम, कर्तव्य र अधिकार
(१) दफा ४ बमोजिमको उद्देश्य हासिल गर्नको निमित्त बैंकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क)बैंक नोट तथा सिक्का निष्काशन गर्ने, (ख)मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने, (ग)विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने, (घ)विनिमय दर पद्धति निर्धारण गर्ने, (ङ)विदेशी विनिमय संचितिको व्यवस्थापन र सञ्चालन गर्ने, (च)बाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैड्ढिड्ड तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने, (छ)नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने, (ज)बाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने, (झ)भुक्तानी, फछ्र्यौट (क्लियरिड्ड) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रबद्र्धन गरी सो कार्यलाई नियमित गर्ने, र (झ१)तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने, (ञ)यस ऐन बमोजिम बैंकको उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नु पर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने, गराउने । (२) बैंकलाई यस ऐन वा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएको अधिकारको प्रयोग गर्दा आवश्यक पर्ने अन्य काम, कारबाही समेत गर्ने अधिकार हुनेछ । (३) बैंकले यस ऐन अन्तर्गत प्राप्त गरेको अधिकारको अतिक्रमण कसैबाट हुने छैन ।